Home / Nepal / News / नेपालमा पछिल्लो २४ घण्टामा ३३४ कोरोना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा ३३४ कोरोना संक्रमित थपिए

काठमाडौं । नोभेल कोरोना भाइरसका ३३४ संक्रमित थपिएका छन् । नेपालमा कुल संक्रमितको संख्या २ हजार ६३४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३३४ संक्रमित थपिएका छन् । 

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको आशंकामा तीन हजार ८६७ वटा नमुना संकलन गरेर परीक्षण गरिएको उनले जानकारी दिए । १ लाख ६१ हजार २६२ जना आज क्वारेन्टाइनमा रहेका छन् । 
 
हालसम्म देशभर पीसीआर विधिबाट ८४ हजार १३४ जनाको कोरोना परीक्षण गरिएको छ । त्यसैगरी एक लाख २५ हजार ५६४ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको छ । 

देशभरका विभिन्‍न अस्पतालका आइसोलेनसमा दुई हजार ३३५ कोरोना संक्रमितको उपचार भइरहेको छ ।

हालसम्म देशभरका विभिन्‍न अस्पतालबाट २९० जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमध्ये २३४ पुरुष रहेका छन् भने ५६ जना महिला रहेका छन् । 

पछिल्लो २४ घण्टामा १२ जना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । संक्रमण निको भएर डिस्चार्ज हुनेमा कलैया अस्पतालबाट ७ जना र नारायणी अस्पतालबाट ५ जना रहेका छन् ।

यो पनि पढ्नुहोस्

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *