Home / Nepal / News / नेपालमा संक्रमणबाट थप एकजनाको मृत्यु, मृत्यु हुनेको संख्या १० पुग्यो

नेपालमा संक्रमणबाट थप एकजनाको मृत्यु, मृत्यु हुनेको संख्या १० पुग्यो

काठमाडौ । नेपालमा नोभेल कोरोना भाइरस संक्रमणबाट थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार २० गते मृत्यु भएका एकजनामा कोरोना देखिएको हो । उनको जेठ २० गते मृत्यु भएको थियो । 

हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । 

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३३४ संक्रमित थपिएका छन् । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *