HealthNepalNews

विदेशबाट नेपाल आउने यात्रुले अब सीसीएमसी फारम भर्न नपर्ने

काठमाण्डौ – विदेशबाट नेपाल आउने नेपालीसहित सबै यात्रुले अब कोभिड १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र( सीसीएमसी) फारम भर्न नपर्ने भएको छ ।

यसअघि विदेशबाट यात्रा गर्ने यात्रुले यात्रा पूर्व नै सीसीएमसीको फारम अनिवार्य भर्नुपर्ने नियम भए पनि अबदेखि यो नियम हटाइएको अध्यागमन विभागले सूचना जारी गरेको छ । 

कोरोना महामारीको नयाँ भेरियन्टको सङ्क्रमण रोकथामका लागि भन्दै हवाई मार्ग तथा स्थल मार्ग भई नेपाल प्रवेश गर्ने यात्रुहरूले सीसीएमसीको फारम अनिवार्य भर्नु पर्ने नियम लागू गरिएको थियो ।

अब भने यात्रुले यो फारम भर्न पर्दैन । तर नेपाल यात्रा गर्दा कोरोनाको खोप लगाएको प्रमाणपत्र भने पेस गर्नुपर्छ । खोप लगाएको प्रमाण नभएमा ७२ घण्टा भित्रको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ भएको हुनुपर्छ 

Leave a Reply

Your email address will not be published. Required fields are marked *