संस्कार शिक्षालय स्कूलले मनायो ९ औं वार्षिक उत्सव
काठमान्डौ / काठमान्डौको बाफल स्थित गाई-बाछा पाटीमा रहेको संस्कार शिक्षालय स्कूलले आफ्नो नवौ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।
नार्गाजुन नगरपालिकाको मार्फा थकाली समाजमा आज शनिबार विविद्य कार्यक्रम गरी वार्षिकोत्सव तथा अभिभावक दिवश मनाएको हो ।

कार्यक्रममा स्कूलमा अध्ययनरत प्ले ग्रुपदेखि कक्षा ३ सम्मका विद्यार्थीहरुले नृत्य, गायन, नाटकलगायतको विभिन्न कार्यक्रम गरी वार्षिक उत्सवमा सहभागि अथिति, अभिभावक तथा उपस्थित सवैलाई दिनभर भरपुर मनोञ्जन दिएका थिए ।

कार्यक्रमको प्रमुख अतिथि काठमाडौं विश्व विद्यालयका राजेन्द्र दाहाल तथा नेशनल एकेडेमी स्कूलकी प्रिन्सिपल मोहना मोथे खानाल, निता श्रेष्ठ ,तेजु नेपाल तथा विद्यालय निरिक्षक धनुकमारी भण्डारी जस्ता शिक्षा क्षेत्रमा योगदान दिनुहुने महानुभाबहरु उपस्थिती रहेको थियो।
कार्यक्रममा राजेन्द्र दाहालले कार्यक्रममा सम्बोधन गर्दै संस्कार शिक्षालयले गरेका प्रगतीका बारेमा प्रकास पार्नु भएको थियो।

विद्यार्थीहरुले राष्ट्रियताको भावना, नेपालको विविध संस्कृति पक्ष, विद्यालयको मौलिकता प्रष्ट रुपमा देखिने गरी बिबिध प्रस्तुती दिएका थिए।
संस्कार शिक्षालय सन २०१२ मा शिक्षा क्षेत्रमा लामो समय योगदान दिदै आउनु भएकी पुजा गौतमको अग्रसरमा स्थापना भएको थियो।