Nepal

सामाजिक सञ्जालमा हुने विज्ञापनले नेपाली मुद्रा विदेशिने खतरा बढ्यो – मन्त्री शर्मा

काठमाडौं । सरकारले सामाजिक सञ्जालमार्फत हुने विज्ञापनलाई निरुत्साहित गर्ने तयारी गरेको छ । नेपाल विज्ञापन संघ (आन)को २४औं वार्षिक साधारणसभामा बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सामाजिक सञ्जालमार्फत हुने विज्ञापनको नियमन गर्ने तयारी भएको जानकारी दिइन् ।

उनले विज्ञापन नियमावली २०८० जारी भएको उल्लेख गर्दै अहिले विज्ञापनको केही हिस्सा सामाजिक सञ्जालमार्फत पनि जाने गरेको बताइन् । सो नियमावलीले सामाजिक सञ्जालबाट हुने विज्ञापनको नियमन गर्ने बाटो खुलाएको दाबी गर्दै उनले यसका आधारमा विज्ञापन बोर्डले चाँडोभन्दा चाँडो नियमनको प्रक्रिया सुरु गर्ने बताइन् ।

उनले सामाजिक सञ्जालमा हुने विज्ञापनले नेपाली मुद्रा विदेशिने खतरा बढेको बताउँदै नेपालमा दर्ता नभएका प्लेटर्फमा हुने कारोवारको जानकारी सरकारी सम्म आइनपुगेको गुनासो गरिन् । सरकारले मस्यौदा गरिरहेको सामाजिक सञ्जालको प्रयोग तथा नियमनसम्बन्धी विधेयकमा पनि सामाजिक सञ्जालमा हुने विज्ञापनलाई निरुत्साहित गर्ने गरी प्रावधान समेटिएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *