Home / Nepal / News / चलचित्र ‘प्रकाश’का लागि कलाकार खोज्दै दिनेश राउत, अडिसन लिँदै अनुप बराल

चलचित्र ‘प्रकाश’का लागि कलाकार खोज्दै दिनेश राउत, अडिसन लिँदै अनुप बराल

काठमाडौं : चलचित्र निर्देशक दिनेश राउत नयाँ चलचित्रका लागि कलाकारको खोजीमा छन्। उनी काष्टिङ डाइरेक्टर अनुप बराललाई लिएर कलाकारको खोजी गरिरहेका छन्। 

उनको आगामी चलचित्र ‘प्रकाश’का लागि कलाकारको खोजी भइरहेको र यसका लागि दिनेश तथा अनुप बराल दुईदिनदेखि ओस्कार इन्टरनेसनल कलेज शुकेधारामा अडिसन लिइरहेका छन्।

चलचित्रका लागि लिड रोलमा रहने पुरुष कलाकारबाहेक अधिकांश अडिसनबाट छनोट गर्न लागेको उनको भनाइ छ।

पुरुष मुख्य पात्रमा भने प्रदीप खड्कालाई लिइएको छ। यही चलचित्रका लागि भनेर प्रदीपले अनुप बरालसँग तीन महिना अभिनयको क्लास लिइसकेका छन्। चलचित्र ‘प्रकाश’ गाउँबाट उदय भएको एक युवकको कथा हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *