Home / Nepal / न्यूरोडमा प्रहरी र व्यापारीहरुबीच घम्साघम्सी, ठूलो संख्यामा प्रहरी तैनाथ

न्यूरोडमा प्रहरी र व्यापारीहरुबीच घम्साघम्सी, ठूलो संख्यामा प्रहरी तैनाथ

काठमाडौं । मंगलबार बिहान पसल बन्द गराउँदै हिँडेको प्रहरी टोली र व्यापारीहरुबीच न्यूरोड क्षेत्रमा घम्साघम्सी भएको छ । अहिले ठूलो संख्यामा प्रहरीहरु तैनाथ गरिएको छ ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका महासचिव टेकबहादुर शाक्यले प्रहरीले पसल बन्द गर्न दवाव दिएपछि तनाव भएको बताए ।

स्थानीयका अनुसार प्रहरीले पसल बन्द गर्न दिएको निर्देशन व्यापारीहरुले नमानेपछि झडपको स्थिति आएको थियो । तनावपछि न्युरोड गेट, रन्जना गल्ली आसपासमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

व्यापारीहरुले लामो लकडाउनले समस्यामा परेको भन्दै लकडाउन उल्लंघन गरेर केही दिनयता पसल खोल्दै आएका छन् ।

व्यापारीहरुले बौद्ध लगायतका क्षेत्रमा अहिले पसल निर्वाध रुपमा सञ्चालन गरिरहेका छन् । तर, न्यूरोडका प्रहरी अधिकृतहरुले माथिबाट कुनै नयाँ आदेश नआएकोले आफूखुसी खोलेका पसलहरु बन्द गराउन थालेको बताएकाे छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *