Home / Politics / पार्टीले कारबाही गर्ने चेतावनी पछि सरिता भन्छिन् : कुनै हालतमा पनि ब्याक हुन्न

पार्टीले कारबाही गर्ने चेतावनी पछि सरिता भन्छिन् : कुनै हालतमा पनि ब्याक हुन्न

काठमाडौं । नेपालको संसोधित नक्सासम्बन्धी संविधान संशोधन खारेजको संशोधन दर्ता गराएकी समाजवादी नेतृ सरिता गिरीले विगत १० दिनमा संसदमा आफूले गाली बेइज्जती खेपिरहेको तर पार्टीले केही नगरेको गुनासाे गरेकी छिन् ।

उनले आफू कुनै पनि हालतमा ब्याक नहुने समेत बताएकी छिन् । 

समाजबादी पार्टी संसदीय दलले विज्ञप्ति नै निकालेर गिरीलाई उक्त संशोधन दर्ता फिर्ता लिन निर्देशन दिइसकेको छ । 

उनले  आफ्नो अडानबाट पछि नहटने बताइन् । ‘मसँग पार्टीका महासचिव, प्रमुख सचेतकसहितका नेताहरूले आज भेटेका छन्,’ गिरीले भनिन्, ‘मैले उहाँहरूलाई प्रस्ट रूपमा आफ्नो अडानबारेमा भनिसकेकी छु ।’ 

‘मैले आफ्नाे संशोधन तथ्यपरक रूपमा राखेकी छु,’ गिरीले भनिन्, ‘विनाप्रमाण सरकारले नक्सासम्बन्धी संशाेधन ल्याएकाे छ, प्रमाण बाहिरी देखाएर हुँदैन, संशोधनमा ती कुरा ल्याउनुपऱ्यो नत्र खारेज हुनुपर्छ ।’ 

पार्टी अध्यक्ष उपेन्द्र यादवले गिरीले संशोधन फिर्ता नलिए कारबाही गर्ने जानकारी दिए । 

विभिन्न विद्यार्थी संघसंगठनहरुले समेत गिरिको सो कदमको बिरोध गर्दै काठमाडौंस्थित उनको घर समेत घेराउ गरेकाछन ।

https://m.facebook.com/story.php?story_fbid=147593970208869&id=105451064423160

यो पनि पढ्नुहोस ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *