माओवादी नेताद्वय प्रचण्ड र नारायण काजीलाइ कोरोना संक्रमण
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का नेताहरु पुष्पकमल दाहाल प्रचण्ड र अर्का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ ।
शुक्रबार साँझ पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको दाहालको निजी सचिवालयले जनाएको छ । केही दिनदेखि असहज महशुस गरेकोले हिजो पिसिआर टेस्ट गरिएको थियो। कोरोना पुस्ठी भए पनि स्वास्थ्य अवस्था सामान्य रहेको बुझिएको छ। उता अर्का नेता नारायण काजी श्रेष्ठमा कोरोना संक्रमण भएको बुझिएको छ। कोरोनाका कारण पुर्बनिर्धारीत कार्यक्रम पछी सारीएको प्रचण्ड सचिवालायले जनाएको छ।