NepalPoliticsSociety

आज माघ १६ गते सहिदहरुको सम्झानमा सहिद दिवस मनाइदैं

काठमाडौं: आज माघ १६ गते देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने शहिदप्रति सम्मान शहिद दिवस मनाइँदै छ ।
जहानियाँ राणा शासन, बिरुद्ध आबाज उठाउदैं आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष शहिद दिवस मनाइँदै आएको छ ।

धर्मभक्त माथेमा, दशरथ चन्द शुक्रराज शास्त्री, र गङ्गालाल श्रेष्ठले निरंकुश जहानियाँ राणा शासनविरूद्ध बोल्दा आफ्नो ज्यानको बलिदान दिनु परेको घटनालाइ स्मरणमा गर्दै हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहिद सप्ताह मनाइँदै आएको छ ।

विक्रम संवत् १९९७ माघ १० गते तानाशाही राणा शासनविरुद्धमा क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई काठमाण्डौंको टेकुस्थित खरीको रूखमा झुन्ड्याएर हत्या गरिएको थियो भने माघ १३ गते सिफलमा धर्मभक्त र माघ १५ गते दशरथ चन्द र गङ्गालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो ।

शहिद दिवसको अवसरमा आजको दिन सरकारले सार्वजनिक विदा दिने गरेको भएता पनि हालैका सरकारहरुले यसलाई बिदा काट्दै पनि आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *