पाँचथर : पाँचथरको फिदिममा ग्यास लिक भएर आगलागी हुँदा किरिया बसेकी एक महिलाको मृत्यु भएको छ भने दुइ छोराहरु घाइते भएका छन्।
फिदिम नगरपालिका जोरसालमा पतिको काजकिरियाका लागि बसेको अवस्थामा आगो सल्कँदा घाइते भएकी चनमाया सापकोटाको बुधवार बिहान मृत्यु भएको हो ।
उनको उपचारका क्रममा मेची अस्पताल झापामा मृत्यु भएको हो । छोराहरु दिनानाथ र पवन सापकोटाको मेची अस्पताल झापामै उपचार भइरहेको छ ।






