Home / Society / ताप्लेजुङमा भीषण आगलागी ४ घर जलेर नस्ट ५६ लाख बराबरको क्षति

ताप्लेजुङमा भीषण आगलागी ४ घर जलेर नस्ट ५६ लाख बराबरको क्षति

ताप्लेजुङ – ताप्लेजुङको सिनाममा मंगलबार दिउँसो भएको
आगलागीमा पाँच घर जलेर नष्ट भएका छन् ।

मंगलबार दिउँसो करिब ४ बजेतिर भएको आगलागीमा परी
सिरिजंघा १ सिनाम डाँडा गाउँका दीपेन्द्र गिरी, टेकनाथ गिरी, शान्तिराम गिरी र दीपक गिरीको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

प्रहरी, र स्थानीयबासीको सक्रियतामा दुई घण्टापछि आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

आगलागीबाट ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ भने कुनै मानवीय क्षति नभएको बुझिएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *