काठमाडौं : पर्साको वीरगन्ज महानगरपालिका–८, घण्टाघरस्थित लुटपाटमा संलग्न दुईजना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा वीरगन्ज महानगरपालिका–१६ बस्ने १९ वर्षीय निरज नट र सोही ठाउँ बस्ने १९ वर्षीय युवराज राय रहेका छन्।
वीरगन्ज महानगरपालिका–११, श्रीपुर बस्ने ४५ वर्षीया महिलाको तरकारी बजारमा तरकारी किन्दै गरेको अवस्थामा घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गरेको आरोपमा उनीहरुलाई तत्कालै अस्थायी प्रहरी पोस्ट घण्टाघरको टोलीले पक्राउ गरेको जनाइएको छ।






