काठमाडौं : बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.५६ अंकले घटेर २९४६.५८ विन्दुमा कायम भएको छ। आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.८३ अंकले घटेर ५२५.२८ विन्दुमा कायम भएको छ। मंगलबार सबैभन्दा उच्च विन्दुमा पुगेको पुँजीबजार मापक नेप्से आज दोहोरो अंकले ओरालो लागेको हो।
आज कूल २२१ वटा कम्पनीका तीन करोड १३ लाख ५४ हजार २२ कित्ता सेयर एक लाख ५५ हजार २३९ पटक खरिद-बिक्री बाट कूल १६ अर्ब ९९ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज नेपाल इन्स्योरेन्स कम्पनी र युनाइटेड मोदी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी प्रतिकित्ता ९.९५ प्रतिशतका दरले कमाएका छन।
आज अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका सेयर सबैभन्दा धेरै ८७ करोड ९४ लाख ९० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज फाइनान्स, जीवन बिमा, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड, निर्जीवन बिमा र व्यापार समूहको परिसूचक बढेका हुन।






