Home / Nepal / News / युनियन लाइफ इन्सुरेन्सको आइपिओ असार २८ देखी बिक्री खुला

युनियन लाइफ इन्सुरेन्सको आइपिओ असार २८ देखी बिक्री खुला

युनियन लाइफ इन्स्योरेन्सले बिहीबारदेखि सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको छ। कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो।

जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ। निस्कासीत मध्धेबाट ९० प्रतिसत अर्थात ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणको लागि खुला गरीएको छ।

कम्पनीको आइपिओ असार २८ गतेसम्म र त्यस अवधिमा पर्याप्त आवेदन नपेरमा साउन ७ गतेसम्म आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा प्रतिशेयर १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा माथि १० अंकको गुणाङ्क संख्यामा अधिकतम ३२ हजार २५० कित्तासम्मको लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *