Home / Nepal / News / कोरोना संक्रमण विरुद्धको भेरोसेल खोपको ८ लाख डोज शुक्रवार नेपाल भित्रीयो

कोरोना संक्रमण विरुद्धको भेरोसेल खोपको ८ लाख डोज शुक्रवार नेपाल भित्रीयो

चीनको सिनोफार्म कम्पनीसँग खरिद गरिएको कोरोना संक्रमण विरुद्धको भेरोसेल खोपको ८ लाख डोज शुक्रवार नेपाल भित्रीएको छ।
सरकारले सम्झौता गरेको ३० लाख मध्ये ८ लाख डोज खोप नेपाल भित्रिएको स्वास्थ मन्त्रलयले जनाएको छ ।

यो खोपलाइ बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेशमा आजै वितरण गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो खोपलाइ ५५ बर्ष माथिका तथा, बाढी पहिरोबाट बढी प्रभावित जिल्ला तथा संचारकर्मीलाई खोप लगाउने मन्त्रालयले जनाएको हो ।

यसअघि पनि चीनले अनुदानमा उपलब्ध गराएको १८ लाख डोज खोप नेपाल ल्याइएको थियो । हालसम्म कोरोना संक्रमण विरुद्धको खोपको ५० लाख डोज भन्दा बढी खोप नेपाल भित्रि सकेको छ ।
ति मध्धे भारतको सिरम इन्स्टिच्युट अफ इण्डियाले विकास गरेको कोभिसिल्ड खोप २४ लाख ४८ हजार र चीनबाट भेरोसेल खोपको २६ लाख डोज नेपाल आएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *