Home / Politics / चुनाव मार्फत आफ्नो शक्ति देखाउन प्रचण्ड र माधब नेपाललाइ नेकपा केन्द्रीय सदस्य महेस बस्नेतको चुनौती

चुनाव मार्फत आफ्नो शक्ति देखाउन प्रचण्ड र माधब नेपाललाइ नेकपा केन्द्रीय सदस्य महेस बस्नेतको चुनौती

राष्ट्रिय युवा सङ्घ गण्डकी प्रदेशले शुक्रबार पोखराम आयोजना गरेको युवा भेलामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवम युवा नेता महेश बस्नेतले आधिकारिक नेकपा आफूहरु भएको दावी गर्नुभएको छ।

आज भेलालाई पोखरामा सम्बोधन गर्दै उहाँले प्रचण्ड माधव समूहलाई सूर्य चिह्नमा आँखा नलगाउन चेतावनी दिनु भएको छ। उहाँले नेकपा छोडेको भोलिपल्ट नै प्रचण्डमा पुगि सकेको जिकिर गर्दै प्रचण्डको हैसियत सडकमै बस्ने बताउनु भएको छ।

ओलीलाई अलोकप्रिय भन्नेहरुले चुनाव मार्फत आफ्नो शक्ति देखाउन चुनौती समेत दिनुभएको छ। प्रचण्ड बालुवाटार बस्न लायक हुनुहुन्न उहाँको बास्तबिकता जनताले थाहा पाइसकेकोले उहाँहरु अब सधैं सडकमै रहनुहुन्छ भन्दै व्यंग्य गर्नु भयो।

अख्तियारका नवनियुक्त प्रमुख प्रेम राईको प्रसङ्गमा बस्नेतले राइलाइ खुट्टा नकमाउन आग्रह गर्दै बस्नेतले अब प्रचण्ड – माधवहरु माइतीघर मन्डला होइन जेलमा जेलको चिसो भुँइमा जाने दिन नजिकिँदै गएको बताउनु भएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *