काठमाडौं: सम्सद बिगठनपछी राजिनामा दिएका कारण रिक्त रहेका मन्त्रालयहरुमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषद पुनर्गठन गर्नुभएको छ। नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) विभाजनसँगै ७ जना मन्त्रीहरले राजीनामा दिएका थिए।
रिक्त रहेका मन्त्रालयमा प्रधानमन्त्री ओलीले पूर्वमाओवादी तर्फका टोपबहादुर रायमाझी , प्रभु शाह , गौरीशङ्कर चौधरी, मणि थापालगायतका नेताहरुलाई मन्त्री नियुक्त गर्न लागिएको बालुवाटार स्रोत जनाएको छ ।
नयाँ थपिएका मन्त्रीहरूलाई अहिले बेलुकी साढे ६ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ खुवाउने कार्यक्रम भइरहेको बुझिएको छ।






