Home / Nepal / News / लक्ष्मी मा.वि मा लेटाङ नागरपालिकाद्वारा कोभिड अस्पताल निर्माणको गर्ने-

लक्ष्मी मा.वि मा लेटाङ नागरपालिकाद्वारा कोभिड अस्पताल निर्माणको गर्ने-

बिराटनगर- मोरङको लेटाङ नगरपालिका द्वारा नगरको वडा नम्बर २ मा अवस्थित श्री लक्ष्मी माद्यामिक विद्यालयमा कोभिड अस्पताल निर्माण गर्न लागेको हो।

कोरोना भाइरसको सङ्क्रमण नगरको विभिन्न स्थानहरुमा समुदाय स्तरमा फैलिन थालेकोले आज बसेको नगरपालिकाको बैठकले उक्त निर्णय गरेको नगर प्रमुख शङ्खर राइले जानकारी दिनु भयो।

वडा नम्बर २ का एकै परिवारका ८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि अन्य ब्यक्तिहरुमा पनि सङ्क्रमण फैलिएको हुन सक्ने भन्दै उक्त अस्पताल निर्माण को तयारी थालिएको हो। तत्काल वडा नम्बर २ मा अस्पताल निर्माणको कार्य थालनी गरिएको भएतापनी अन्य सम्पुर्ण वडाहरुमा पनि एक वडा एक कोभिड अस्पताल निर्माण गरेर अधि बढिएको उहाले जानकारी दिनु भयो।

आज वडा नम्बर २ मा अवस्थित उक्त विद्यालयमा जनप्रतिनिधि, राजनैतिक दल, विभिन्न संघसस्थाहरु र स्थानियवासि हरु बिचको सम्युक्त छलफल पश्चात् अस्पताल निर्माण को कार्य थालनी गरिएको वडा नम्बर २ का वडा अध्यक्ष तेज प्रसाद तिम्सिनाले जानकारी दिनु भयो।
निर्माण गर्न लागिएको अस्पताल २० शैयाको रहने र उक्त अस्पतालमा चिकित्सक स्वास्थकर्मी हरु तैनाथ रहने उहाले जानकारी दिनु भयो। वडा अध्यक्ष तेज प्रसाद तिम्सिनाको अध्यक्षता मा ११ सदस्यीय ब्यवस्थापन समिती गरि अस्पताल निर्माणको कार्य थालनी गरिएको हो। अस्पतालमा अक्सिजन, बेडहरु, ईन्टरनेट, शौचालय लगायत अत्यावश्यक कुरा हरुको ब्यवस्थापन को तयारी थालिएको छ।

उक्त कोभिड अस्पताल बाट समुदाय स्तरमा सङ्क्रमण फैलन नदिनका लागि विद्यालय वरिपरिको भागलाइ घेरबार गरिने दैनिक वरिपरि सरसफाइ र सेनिट्राइज गरिने विद्यालय वरिपरिका स्थानीय हरुको पिसिआर टेस्ट गरिने लगायतका निर्णयहरु भएका उहाँले जानकारी गराउनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *