Home / Nepal / News / आज विश्व मानसिक दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदै

आज विश्व मानसिक दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं : आज विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

दिवसका लागि यसवर्षको नारा असमान विश्वमा मानसिक स्वास्थ्य रहेको छ । नेपालको राष्ट्रिय स्वास्थ्य सर्वेक्षण २०७७ का अनुसार १७ वर्षका माथिका करिब ११ लाख नागरिकमा मानसिक स्वास्थ्य समस्या रहेको छ ।

त्यस्तै १३ देखि १७ बर्षका ५.२ किशोरकिशोरीमा यो समस्या रहेको सर्वेक्षणले देखाएको छ । मानसिक स्वास्थ्य समस्याका कारण ६.५ प्रतिशत वयस्कहरुले आत्महत्याको सोच राख्ने गरेको पाइएको छ ।

त्यस्तै विश्व स्वास्थ्य संगठनका कारण मानसिक स्वास्थ्य समस्याका कारण विश्वमा प्रत्येक ५ मध्ये १ जनाले आपांगताको जीवन बाँचिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *