जाजरकोट : भर्खरै यात्रु छाडेर फर्किने क्रममा ग१ज ४४५४ नम्बरको जीप रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–११, अर्मापाखामा दुर्घटना हुँदा एकजनाको घटनास्थलमा नै मृत्यु भएको छ।
मृत्यु हुनेमा सानीभेरी गाउँपालिका–९ का ३१ वर्षीय जीवन भण्डारी रहेका छन्।
सोही दुर्घटनामा परी दुईजना घाइते भएका छन्। घाइते हुनेमा सानीभेरी–३ का १९ वर्षीय समीर परियार र वडा नम्बर–१० का २९ वर्षीय तिलक खड्का रहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था सामान्य रहेको र उपचारका लागि चौरजहारी लगिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माका अनुसार सडकबाट १०० मिटर तल खसेर आज दुर्घटना भएको हो।






