काठमाडौं : प्रधानन्यायाधीशको कोटाबाट मन्त्रीबनेका
नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमाल नियुक्ति पाएको दुई दिनमा नै राजीनामाको घोषणा गरेका छन् ।
चौतर्फी आलोचना खेपीरहेका हमाल नेपाली काँग्रेसकै भएकोले मन्त्री बनाइएको दावी काँग्रेसको रहेको छ भने अन्य सत्ताधारी दला पनि हमाल नियुक्तको बचाउ गरिरहेका छन्।
शुक्रबार नियुक्त भएका मन्त्री हमालले आज आइतबार राजीनामा दिने घोषणा गरेका छन् । उनले आजै प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा दिने तयारी भइरहेको स्रोतले जनाएको छ।






