Home / Nepal / News / जापानमा आगामी कार्यकालका लागि “सुगा” प्रधानमन्त्री बन्ने सम्भावना

जापानमा आगामी कार्यकालका लागि “सुगा” प्रधानमन्त्री बन्ने सम्भावना

ओसाका: जापानमा खराब स्वास अवस्थाका कारण सिन्जो आबेले प्रधानमन्त्रीबाट राजिनामा दिने घोषणा गरेको केही दिनमा आबेको उत्तराधिकारी छनौट गर्न दौडधुप सुरु भएको छ। आबेको नजिक मानिएका योशिहिदे सुगाले दलमा कुशल नेतृत्वको छनोट हुने बताएका छन्।

सत्तारूढ पार्टीले मङ्गलबार बाट प्रधानमन्त्री शिन्जो आबेको उत्तराधिकारी कसलाई बनाउने भन्ने बारेमा बहस सुरु गरेको छ।एक सामान्य किसान परिवारबाट जापानी राजनीतिमा आएका सुगालाई आगामी नेतृत्वको प्रमुख दाबेदारका रूपमा हेरिएको छ।

उनी मन्त्रीपरिषद्का मुख्य सचिवसमेत भई काम गरेका उनी लिबरल डेमोक्र्याटिक पार्टी ( एलडीपी ) को संसदीय दलको नेता बन्नका लागि पार्टीमा सुगालाइ बहुमतको समर्थन रहेको छ। आगामी सेप्टेम्बर १४ मा हुने सम्सदिय दलको प्रमुख छनौट भइ नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया सुरु हुनेछ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *