Home / Nepal / News / जापानमा द्रुत गतीमा कोरोना भाइरस फैलदैं मङलबार एकै दिन ७६ जनाको मृत्यु झन्डै ५ हजार नयाँ सन्क्रमीत थपिए

जापानमा द्रुत गतीमा कोरोना भाइरस फैलदैं मङलबार एकै दिन ७६ जनाको मृत्यु झन्डै ५ हजार नयाँ सन्क्रमीत थपिए

ओसाका: पछिल्लो समय जापान कोरोना भाइरसको हब बन्न सक्ने खतरा बढेर गएको छ। २०२१ को सुरुवात सङै अवस्था सुधार हुने जापानी अधिकारीहरुको आँकलन बिपरित मङलबार जापानमा थप नयाँ कोरोना सन्क्रमीत र मृत्युको संख्याले नयाँ किर्तिमान कायम गरेको छ।

जापानको स्वास्थ्य , श्रम तथा कल्याण मन्त्रालयका अनुसार मंगलबार एकैदिन ७६ जना कोरोनाका बिरामीले ज्यान गुमाएका र ४ हजार ९ सय १५ जना नयाँ कोरोना संक्रमित पुष्टि भएको जनाएको छ।

जापानका ४७ वटै प्रान्तमा नयाँ कोरोना संक्रमीत फेला परेका छ्न। ४७ वटा प्रान्तमा सन्क्रमीत भेटिएको यो दोश्रो पटक हो।

हालसम्म जापानमा कोरोना भाइरसका बिरामीको कुल संख्या २ लाख ५४ हजार १ सय ५२ पुगेको छभने ३ हजार ७ सय ६९ जनाको निधन भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *