काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमा आजबाट नियमित सुनुवाइ सुरु हुने भएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजबाट नियमित सुनुवाइ हुने भएको हो।
पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि सो कार्य असंवैधानिक भन्दै दर्जन बढी रिट परेमा छन्। पुस १० गते संवैधानिक इजलासले प्रारम्भिक सुनुवाइ गर्दै आजबाट नियमित सुनुवाइ गर्ने निर्णय गरेको थियो।
निवेदनमा उठाइएको विषयवस्तु नेपालको संविधानको धारा ७६, (१), (७) र धारा ८५ को व्याख्यासँग सम्बन्धित भएकाले प्रस्तुत निवेदन नियमानुसार गरी संविधानको धारा १३७ (३) बमोजिम संवैधानिक इजलाससमक्ष पेस गर्नू,” प्रधानन्यायाधीश राणाको एकल इजलासले संवैधानिक इजलासमा सो मुद्दा पठाएका थिए ।
पुस १० को प्रारम्भिक सुनुवाइपछि अब नियमित सुनुवाइ हुन लागेको हो। संवैधानिक इजलासले सो मुद्दामा एमिकस क्युरीसमेत झिकाएको छ।






