काठमाडौं: हालसम्म विश्व भरिमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ लाख ७ सय ४२ पुगेको छ भने संक्रमीतको संख्या २ करोड ७७ लाख १४ हजार ४ सय ११रहेको छ।
हाल सम्म १ करोड ९८लाख १ हजार ८ सय ९०जना निको भएर घर फर्किसकेका छन। पछिल्लो २४ घन्टामा देश भरीमा ९ सय २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ भने कुल संक्रमीतको संख्या ४८ हजार १ सय ३८ रहेको छ।
जसमध्धे ३ सय ६ जनाले ज्यान गुमाएका छ्न। यस्तै घर संक्रमण मुक्त भएर घर फर्कनेको संख्या ३२ हजार ९ सय ६४ जना र १४ हजार ८ सय ६८ जनाको उपचार भइरहेको जनाइएको छ।
चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।






