ओसाका: जापान को फुकुसिमा तथा मियागी प्रान्तमा शनिबार राति स्थानिय समय अनुसार ११ बजेर ७ मिनेटमा शक्तीशाली भुकम्प गएको छ्।
७ दशमलब १ म्याग्निच्युडको मापन गरीएको उक्त भूकम्प बाट अहिले सम्म कोहि पनि हाताहाती नभएता पनि ८० जना भन्दा बढि मानिस घाइते भएका छन्।
जस मध्धे केहिको अवस्था गम्भिर रहेको जापानी ज सरकारी समाचार एजेन्सी एन एच के ले जनाएको छ्।
भूकम्पपछि सुनामी आउनसक्ने सम्भावना नभए पनि समुद्र किनार आसपास रहेका मानिसहरुलाई शतर्क रहन पूर्वजानकारी दिइएको छ। जापानको मध्य उत्तरी प्रान्त
फुकुसिमालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पले कान्तो, मियामी ओसाका सम्म धक्का महसुश गरिएको थियो ।






