बैतडी: बैतडीको पुर्चौंडी नगरपालिका- ६ स्थित सिगास सामुदायिक वनको हाताभित्र भेरीखोला मुहानमा ११ वटा गाई मृत अवस्थामा फेला परेको छ ।
गाउँमा आउने खानेपानीको मुहानमा मृत गाई भेटिएपछि खानेपानीको समस्या भएको स्थानीयवासीले बताएका छन।
पानीको मुहानमै गाई मरेका हुँदा खानेपानीको निकै समस्या भएको र त्यो ठाउँमा दुर्गन्धसमेत फैलिएको छ।
पानीको मुहानमा मृतावस्थामा गाई भेटिएपछि, गाइको हत्या गरी फालेको हुन सक्ने भन्दै इलाका प्रहरी कार्यालय पाटनको टोली त्यसतर्फ जाने तयारी गरेको छ।





