Home / Sports / आर्सनलमाथि सिटीको सहज जित

आर्सनलमाथि सिटीको सहज जित

काठमाडौं : आइतबार राति भएको लिग लिडर म्यान्चेस्टर सिटीले प्रिमियर लिग फुटबलमा जित निकालेको छ।

खेलमा सिटीले आर्सनललमाथि १–० गोल अन्तरको जित निकालेको हो। सिटीले पछिल्लो समय प्रिमियर लिगमा लगातार जित निकाल्न सफल भएको छ। सुरुआती खेलहरुमा कमजोर देखिएको सिटीले हाल १० अंकको अग्रता बनाएको छ।

आर्सनलको मैदानमा सिटीलाई जित दिलाउन रहिम स्ट्रलिङले निर्णायक गोल गरे। खेलको दोस्रो मिनेटमै स्ट्रर्लिङले निर्णायक गोल गरेका थिए।

जितसँगै शीर्ष स्थानको सिटीले २५ खेलमा ५९ अंक जोडेको छ। पराजित आर्सनल भने लिगको दशौँ स्थानमा छ। आर्सनलले २५ खेलमा ३४ अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *