काठमाडौं : दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहेको सर्ट फिल्म वरदान´मा अभिनेता दयाहाङ राई र अभिनेत्री नम्रता श्रेष्ठले अभिनय गरेका छन्। उक्तवरदान’को छायांकन सकिएको छ।
विभिन्न कारणले आत्महत्याको प्रयास गर्न बाध्य एक नारीको कथा यस् वरदानमा दर्शकले हेर्न पाउने निर्देशक लामा बताउँछन्।
कोसिस नेपालले निर्माण गरेको ‘वरदान’मा मा मुख्य भूमिका नम्रताले निर्वाह गरेकी छिन्। मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको विषय ‘वरदान’मा उठान गरिएको छ।
कोरोना र लकडाउनपछि मानसिक स्वास्थ्यबारे बहस उठेकाले यस विषयमा फिल्म बर्नाएको निर्देशक लामाले बताए।
“डिप्रेसनमा गएकाहरुले आत्महत्याको बाटो रोज्ने सम्भावना धेरै रहन्छ। तर हामीले बेलैमा सही सल्लाह लिन व दिनसक्यौं भने उनीहरुलाई बचाउन सक्छौं,” लामा भन्छन्, “डिप्रेसनबाट उठेर अरुलाई समेत प्रेरणा दिँदै सकारात्मक जीवन बाँचिरहेकी हुनाले नम्रतालाई नै मुख्य भूमिकामा छनोट गरिएको हो।”
२० मिनेटको ‘वरदान’मा नम्रता र दयाहाङसहित प्रवीण खतिवडा, लुनिभा तुलाधर, पुष्कर गुरुङ, जयनन्द लामा, शारदा गिरी, सुनिता श्रेष्ठ र कृष्णभक्त महर्जनले अभिनय गरेका छन्।
शैलेन्द्र डि कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, शैलेस श्रेष्ठको संगीत र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको छ।
केही हप्तापछि अनलाइन प्ल्याटफर्ममा ‘वरदान’ रिलिज गरिनेछ।






