विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस पछिल्लो जापानमा द्रुत गतीमा फैलन थालेपछि जापानको राजधानी टोकियोमा एक महिना लामो संकटकाल घोषणा गरिएको छ ।
शुक्रबारदेखी लागू हुने संकटकाल कोरोनाको संक्रमण दरलाई रोक्नको लागि अपनाईएको साबधानीको रुपमा बुझ्न प्रधानमन्त्री योशिहिडा सुगाले आग्रह गरेका छन।
राजधानी टोकियोमा मात्र बिहिबार २ हजार ५ सय बढी सक्रमित देखिएका छन् भने जापानभर ६ हजारबढी नँया कोरोना संक्रमित देखिएका छन्।
जापानमा हालसम्म २ लाख ५८ हजार भन्दा बढीमा संक्रमण देखिएको छ । जसमध्ये ३ हजार ७ भन्दा बढीको मृत्यु भएको छ भने २ लाख १० हजारभन्दा बढी उपचारपछि निको भएका छन।






