NewsWorld News

कोरोना संक्रमण द्रुतगतिमा बढ्न थालेपछि जापानको राजधानी टोकियोमा आज बाट एक महिने संकटकाल

Spread the love

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस पछिल्लो जापानमा द्रुत गतीमा फैलन थालेपछि जापानको राजधानी टोकियोमा एक महिना लामो संकटकाल घोषणा गरिएको छ ।

शुक्रबारदेखी लागू हुने संकटकाल कोरोनाको संक्रमण दरलाई रोक्नको लागि अपनाईएको साबधानीको रुपमा बुझ्न प्रधानमन्त्री योशिहिडा सुगाले आग्रह गरेका छन।

राजधानी टोकियोमा मात्र बिहिबार २ हजार ५ सय बढी सक्रमित देखिएका छन् भने जापानभर ६ हजारबढी नँया कोरोना संक्रमित देखिएका छन्।

जापानमा हालसम्म २ लाख ५८ हजार भन्दा बढीमा संक्रमण देखिएको छ । जसमध्ये ३ हजार ७ भन्दा बढीको मृत्यु भएको छ भने २ लाख १० हजारभन्दा बढी उपचारपछि निको भएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *