धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधी सभा विघटनपछि आज पहिलोपटक सार्वजनिक सभालाई सम्बोधन गर्न उपत्यका बाहिर जादैंहुनुहुन्छ।
प्रधानमन्त्री ओलिले सुदूरपश्चिमलाई लक्षित गर्दै आज धनगढीमा आयोजना गर्न लागिएको नेकपाको प्रदेशस्तरीय कार्यक्रम मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
धनगढीमा आयोजना गर्न लागिएको कार्यक्रमको तयारीको लागी संघीय सरकारका चार मन्त्री चार दिनअघि नै धनगढी आएका छन।
नेकपाको ओली समूहले आफ्नो समूहको शक्ति प्रदर्शनका लागि चार जना संघीय मन्त्री धनगढी पठाएका हुन। आज प्रधानमन्त्री ओलीसहित केही अन्य मन्त्री र नेताहरु आउने कार्यक्रम छ।
ओली समूहका सुदूरपश्चिम संयोजक एवम् उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट , वन मन्त्री प्रेम आले , श्रममन्त्री गौरीशंकर चौधरी र सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्ना कार्यकर्तालाई आफूतिर तान्न र शक्ति प्रदर्शनको तीव्र तयारीमा जुटेको बुझिएको छ।






