Home / Society / मोरङको लेटाङमा तीन बालबालिका तस्करको फन्दामा, नक्कली जोगि बनेका तस्कर पक्राउ

मोरङको लेटाङमा तीन बालबालिका तस्करको फन्दामा, नक्कली जोगि बनेका तस्कर पक्राउ

विराटनगर । लेटाङ नगरपालिका वडा नम्बर ७ वाराङ्गीका ३ बालबालिकाहरुलाई आज स्थानीयहरुको सहयोगमा उद्धार गरिएको छ।

बिहिवार बिहान आफ्नो बुवा लाई भेट्न भनी बेलबारी हिडेका ३ जना बालबालिकाहरु बेलबारी नपुगे पछि लेटाङ २ पैतिसबिगेमा परालको माचमा राती सुतेका थिए । शुक्रबार बिहान पुन हिड्ने क्रममा जोगि भेषका अपरिचित ब्याक्तीको नियन्त्रणमा उनिहरु पुगेका थिए।

अपरिचित ब्याक्तिको नियन्त्रणमा परेका बालबालिकाहरु लेटाङ ७ खोलाघारी घर भएका बर्ष १२ कि सुमित्रा राई बर्ष ११ का छबिलाल लिम्बू र बर्ष १० का कुसल लिम्बू रहेका छन्।

लेटाङ २ का स्थानीय भोला पौडेलले बेलबारी जाने क्रममा सङ्कास्पद ब्याक्तीसग बालबालिकालाई देखेपछि बुधबारे प्रहरी चौकीमा खबर गरेका थिए । स्थानीय र प्रहरीको सहायतामा अभियुक्तलाई नियन्त्रणमा लिएर बालबालिका हरुको सकुशल उद्दार गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *