काठमाडौं : बिहीबार बेलुका भक्तपुरमा महिला मन्त्रालयको गाडीमा आपत्तिजनक अवस्थामा फेला परेकी महिलाले पैसा लिएर सहमतिमै यौनजन्य क्रियाकलाप गरेको बयान प्रहरीलाई दिएकी छन् ।
उनि सहित तिन जनालाई प्रहरीले बिहीवार बेलुका रंगेहात पक्राउ गरेको थियो । मन्त्रालयका सवारी चालक, अर्का एक पुरुष र एक महिला यौनजन्य गतिविधि गरिरहेको अवस्थामा सूर्यविनायकको जंगलमा फेला परेका थिए ।
महानगरीय प्रहरी कार्यालय काठमाडौंका अनुसार मन्त्रीको स्वकीय सचिवालयका एक सदस्यलाई घर पुर्याएर फर्किने क्रममा ती महिलासँग भेट भएको र सहमतिमै जंगलतिर गएको बयान पक्राउ परेका दुई पुरुषले दिएका छन ।
तिनै जनालाई सार्वजनिक स्थलमा यौनजन्य गतिविधि गरेको अभियोगमा मुद्दा चलाउने तयारी गरेको प्रहरीले जनाएको छ ।






