Home / Politics / माइतीघर मण्डलमा नौमती बाजा बजाएर संसद् विघटनको विरोध

माइतीघर मण्डलमा नौमती बाजा बजाएर संसद् विघटनको विरोध

काठमाडौं : संसद् विघटन गर्ने कदमको नौमती बाजा बजाएर र कवितावाचन गरेर विरोध गरिएको छ। बुधबार नागरिक अगुवाहरुले माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागीहरुले नौमती बाजा बजाए। नाचगान गरे। चर्चित कविहरुले चोटिलो कविता सुनाए।

उनीहरुले विभिन्न नारा लेखिएका प्लेकार्डसमेत बोकेका थिए। संसद् विघटन असंवैधानिक भन्दै उनीहरु सडकमा उत्रिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *