लेटाङ । मोरङको लेटाङ नगरपालिकाले निति तथा कार्यक्रममा रोजगारी सृजना, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ । बुधबार बसेको लेटाङ नगरपालिकाको सातौं नगरसभामा आगामी आर्थिक बर्ष २०७७/७८ का लागि ५९ करोड ५० लाखकोे बार्षिक बजेट बिनियोजन प्रस्तुत गरिएको छ
नगरसभामा प्रस्तुत आगामी आर्थिक बर्षको बार्षिक बजेट अनुमान अनुसार आगामी बर्षका लागि नगरपालिकाले चालु खर्च तर्फ ३० करोड २५ लाख ५० हजार र पूँजीगत खर्च २८ करोड ८९ लाख रुपैया विनियोजन गरिएको छ ।
नगरपालिकाले लेटाङ नगरपालिकाले लेटाङ कानेपोखरी सडक, पिएचसी भवन, खेरुवा खोला र भुवा खोलामा पक्की पूल, लेटाङ ४ र ८ मा पर्ने आधुनिक कृषि बजार लगायतका ठुला योजनालाई प्राथमिकतामा राखेर नीति तथा वजेट तय गरेको छ ।
वडागत रुपमा ७५ लाखको सिलिङ बजेटवाट वडागत योजनाहरुलाई समेत नगरपालिकाले समेटेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै बजेटको अवस्था अनुसार लेटाङमा बजेट विनियोजन गरिएको नगरप्रमुख शंकर राईले प्रतिक्रिया दिनुभयो । केन्द्रीय र प्रदेश सरकार समक्ष योजनाहरुलाई विशेष जोडका साथ पेश गरिने उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा लेटाङ नगरपालिकाकी उपप्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत अच्युत प्रसाद दाहालले समेत नीति तथा कार्यक्रमका विषयमा उठेका प्राविधिक पक्षको हल गर्नुभएको थियो ।
नगरपालिकाले लेटाङ नगरपालिका भरीमा उत्कृष्ट अंक ल्याएर कक्षा ८ उर्तिण गर्ने विद्यार्थी तथा विद्यालयलाई सम्मान समेत गरेको थियो ।
नगरप्रमुख राइले स्वास्थ्य, शिक्षा र पूर्वाधार लगायत सामाजिक तथा समावेशी विकासमार्फत समृद्ध नगर निर्माण गर्ने, अहिलेको विषम परिस्थितिमा कोभिड १९ विरुद्ध लाग्नका लागि स्वास्थ्यलाई प्राथमिकतामा राखेर शिक्षा, कृषि, रोजगारीसँगसँगै अन्य क्षेत्रको विकास गरी आत्मनिर्भर नगरपालिकाको दिशामा अग्रसर हुने, नगरबाट प्रदान गरिने सेवा प्रवाहको गुणस्तर बढाइ नगर सरकारको अनुभूतिसहित सुशासनको प्रत्याभूति दिन नगरको बजेट केन्द्रित रहने बताउनुभयो ।
बजेटका उद्देश्य हासिल गर्न र बजेटका प्राथमिकता कार्यान्वयन गर्न सङ्घीय सरकार, प्रदेशसँग एकता, समन्वय र साझेदारी गरी निजी क्षेत्र, नागरिक समाज, राजनीतिक दल संघ संस्थासँग सहकार्य गर्दै प्रभावकारी कार्यान्वयनमा जोड दिइने नगरप्रमुख राइले बताउनुभयो ।






