Home / Nepal / मोरङको लेटाङ कानेपोखरी सडक खण्डमा सडक दुर्घटना ४ घाइते १ को अवस्था गम्भीर

मोरङको लेटाङ कानेपोखरी सडक खण्डमा सडक दुर्घटना ४ घाइते १ को अवस्था गम्भीर

लेटाङ: मोरङमा जिल्लाको लेटाङ नगरपालिका ३ मा गए राती भएको सडक दुर्घटनामा ४ जना घाइते भएका छन।

दुर्घटनामा मोरङको उर्लाबारी नगरपालिका २ का ३२ वर्षीय जितन खतिवडा गम्भीर घाइते भएका छन भने अन्य ३ जना सामान्य घाइते भएका छन।

खतिवडासहित सबै घाइतेहरुको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ।

कानेपोखरीबाट लेटाङतर्फ जाँदै गरेको भ्यान विपरीत दिशाबाट आउँदै गरेको सवारीसाधनलाई साइड दिने क्रममा अनियन्त्रित भएर बिहीबार राति करिब ११ बजे दुर्घटना भएको लेटाङ प्रहरीले जनाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *