Home / Nepal / News / कोरोना विरुद्धको खोप अभियानले तीव्रता यसै महिनाभरी लाखौं लाइ खोप दिइने तयारी

कोरोना विरुद्धको खोप अभियानले तीव्रता यसै महिनाभरी लाखौं लाइ खोप दिइने तयारी

काठमाडौं : सरकारले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप अभियानले तीव्रता पाए सँगै सरकारले १८ वर्षमाथिका सबै नागरिकलाई खोप दिने गरी तयारी थालेको छ । १८ वर्षमाथिका नागरिकलाई खोप लगाउने योजना तयार भैसकेको स्वास्थ्य तथा जनसंख्या मनत्रलायले बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।

आवश्यक खोपकोसमेत व्यवस्थापन भैसकेको र केही जिल्लामा खोप पठाइसकिएको स्वास्थ्य तथा जनसंख्या मनत्रलायले बिज्ञप्ती मार्फत जानकारी गराएको हो।
अहिले खोप कार्यक्रम अन्तरगत ५५ वर्षमाथिका नागरिकहरुलाई खोप लगाउने कार्य जारी रहेकोमा अब सबै नागरिकलाई छिट्टै नि:शुल्क खोप उपलब्ध गराइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अब यही साउन ६ गतेसम्म चीनबाट खरिद गरिएको थप खोप आइपुग्ने छ भने १६ गतेसम्म ३२ लाख खोप भित्रिसक्ने छ । त्यसपछि निरन्तर आवश्यक खोप आउनेछ ।

साथै यसअघि दोस्रो डोज खोप लगाउन छुटेका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुका लागि पनि खोपको व्यवस्थापन गरिसकेको मन्त्रालयले जानकारी गराएको छ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *