काठमाडौं: बाढी र पहिरोको चपेटामा परेको हिमाली जिल्ला मनाङमा १८ वर्षभन्दामाथिका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने कार्य सम्पन्न भएको छ।
मनाङका ४ हजार १९८ जना नागरिकले कोरोना खोप लगाएको जिल्ला जन स्वास्थ्य कार्यालय मनाङले जनाएको छ। जसमा १६५ जना बाहेक ४ हजार ३३ जनाले पूर्ण खोप लगाएका छन ।
कोभिसिल्डको दोस्रो खोप लगाउन १६५ जना मात्रै बाँकी रहेको आचार्यको भनाइ छ ।
मनाङमा कोभिसिल्डको पूर्ण खोप लगाउने नागरिक २ हजार ९६, जोनसन एन्ड जोनसनको पूर्ण खोप लगाउने नागरिक २ हजार २७ र भेरोसेलको पूर्ण खोप लगाउने ७५ जना रहेको स्वास्थ्य कार्यालयले तथ्यांक सार्वजनिक गरेको छ ।
स्वास्थ्य कार्यालयले मनाङमा खोप लगाउने योग्य नागरिक ४ हजार ५०० रहेको प्रक्षेपण गरेको थियो । अन्य नागरिक विभिन्न कामको सिलसिलामा देश–विदेशमा रहेका कारण खोप लगाउनेको संख्या ४ हजार १९८ मात्र भएका हुन् ।





