लेटाङ नगरपालिका नगर कार्यपालिकाको मिति २०७८।०४।१५ गते बसेको बैठकले कोभिड रोकथाम तथा नियन्त्रण गर्न भन्दै श्रावण १८ गते सोमबार राती १२:०० बजेदेखि २५ गते राती १२:०० बजेसम्म नगरका सबै क्षेत्र पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ।
स्वास्थ्य सेवा बाहेक सार्वजनिक , नीजि सवारी तथा ढुवानीका साधनहरु , उद्योग , कलकारखाना , ब्यापार , व्यवसाय , बैंक तथा वित्तीय संघ संस्थाहरु , दुध तथा दुग्धजन्य पदार्थ संकलन तथा बिक्रीबितरण , सागसब्जी , फलफूल , हाटबजार , जिमखाना , पार्टी प्यालेस , विवाह , व्रतबन्ध , रेष्टुरेन्ट , होटल , खेलकुद , कवर्ड हल , कोचिङ सेन्टर , तालिम गोष्ठि जस्ता सामुहिक कार्य र कार्यालयबाट हुने सेवा प्रवाह समेत बन्द गर्ने निर्णय गरेको छ।
नगरपालीकाले पूर्व निर्धारित त्रिभुवन विश्वविद्यालय , लोकसेवा आयोग तथा उच्च माध्यमिक शिक्षा परिषदबाट सञ्चालन हुने परीक्षा कार्यक्रममा सहभागी हुन परीक्षार्थीहरुलाई प्रवेश पत्रको आधारमा आवागमनमा सहजीकरण गरिने समेत जानकारी दिएको छ।






