Home / Nepal / News / छोराको हत्यागरेको आरोपमा आमा–बुबा पक्राउ

छोराको हत्यागरेको आरोपमा आमा–बुबा पक्राउ

जनपुरधाम : महोत्तरीमा छोराको हत्या आरोपमा आमा–बुबा पक्राउ परेका छन् । रामगोपालपुर नगरपालिका ६ विशम्भरपुरका ५ वर्षीय बालक रितेशकुमारको हत्या आरोपमा बुबा चन्द्रकिशोर यादव र सानिमा आमा रागनी मुखियालाई पक्राउ गरेको हो ।

मृत बालकको बुबालाई गाउँबाटै र सानिमा आमा रागनीलाई धनुषाको बटेश्वर गाउँपालिका ५ शान्तिपुरबाट पक्राउ गरेको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । बुधबार अपराह्न करिब ५ बजेदेखि बालक हराइरहेका थिए । बिहीबार दिउँसो घरबाट ४० मिटर पर बगैंचामा परालले छोपेको अवस्थामा मृत फेला परेका थिए ।

पोस्टमार्टमका लागि शव प्रादेशिक अस्पताल जनकपुर ल्याइएको छ । घटनाको अनुसन्धान भइरहेको उनले बताए । स्थानीयले बालकको हत्या भएको अशंका गरेका छन् ।
उनका अनुसार शव र घटनास्थलको प्रकृति हेर्दा बालकको हत्या भएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *