काठमाडौं : स्वास्थ्य मन्त्रालयका तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा थप ३,६११ जनामा कोरोना संक्रमण देखिएको छ । देशभर १४ हजार ६६१ ओटा स्वाब नमुना परीक्षण गरिएकोमा ३,६११ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, पछिल्लाे २४ घण्टामा १,८१६ जना संक्रमणमुक्त भएका छन् । यो अवधिमा कोरोनाका कारण थप २७ जनाको मृत्यु पुष्टि भएको मन्त्रालयकाे तथ्यांकमा उल्लेख छ।






