Home / Society / कर्णालीमा केहीबेर अघि जिप दुर्घटना ३ बालबालिका गम्भीर घाइते बाबु आमा बेपत्ता

कर्णालीमा केहीबेर अघि जिप दुर्घटना ३ बालबालिका गम्भीर घाइते बाबु आमा बेपत्ता

धनगढी: शुक्रबार दिउँसो कर्णाली नदीमा जीप खस्दा दुई जना बेपत्ता भएका छन् । शुक्रबार दिउँसो मोहन्याल गाउँपालिका–७ स्थित चिसापानी–सोल्टा कच्ची सडकखण्डबाट जीप कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ब्याक गर्ने क्रममा नम्बर खुल्न नसकेको जीप सडकबाट कर्णाली नदीमा खसेको कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनु भएको हो। बिष्टका अनुशार जीपका चालक डोटीको आर्दश गाउँपालिकाका प्रकाश जोशी र उनकी श्रीमती रुपी जोशी नदीमा बेपत्ता भएका छन् ।

उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा जोशीका छोरीहरु १३ वर्षीया लक्ष्मी, चार वर्षीया सावित्री र तीन वर्षीय छोरा भुवन घाइते भएका छन् । उनीहरु मध्ये भुवन र सावित्रीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *