Home / Sports / आईपीएलको लागि यूएई पुगे सन्दिप

आईपीएलको लागि यूएई पुगे सन्दिप

एजेन्सी । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्‍वान्टी खेल्न सोमबार राति यूएई पुगेका छन् ।

दिल्ली क्यापिटल्सले आफ्नो सामाजिक सञ्जालहरुमा सन्दीप फोटो हाल्दै उनी पुगेको जनाएको हो । भर्खरै मात्र वेस्ट इन्डिजको क्यारिबियन प्रिमियर लिग (सीपीएल) खेलेर सन्दीप यूएई पुगेका हुन् ।

सीपीएलमा सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका थिए । कुल ११ खेल खेलेका सन्दीपले १२ विकेट लिएका थिए । यूएई पुगेपछि सन्दीप आफू सेल्फ क्‍वारेन्टिनमा बसेको बताएका छन् ।

यो सिजन आईपीएल सेप्टेम्बर १९ बाट सुरु हुँदै छ । आईपीएल यूएईमा आयोजना गर्न लागिएको हो । सन्दीपको टिम दिल्लीले पहिलो खेल किङ्स इलाभेन पन्जाबसँग खेल्दै सुरु गर्नेछ । दुई टोलीबीचको पहिलो खेल सेटेम्बर २० मा हुनेछ ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *