काठमाडौं । कोरोना भाइरसका कारण विश्वभरमा ज्यान गुमाउनेको संख्या ५ लाख ८०हजार ५९ पुगेको छ ।
बिहिवार बिहानसम्म कोरोना भाइरसका कारण विश्वभरमा ५ लाख ८० हजार ५९ जनाको ज्यान गएको हो ।
सबैभन्दा धेरै अमेरिकामा १ लाख ३९ हजार १ सय ३७ जनाको ज्यान गएको छ भने ब्राजिलमा ७४ हजार १ सय ३३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
हालसम्म विश्व भरिमा संक्रमितको संख्या १ करोड ३४ लाख ३५ हजार २२ मा कोरोना संक्रमण देखिसकेको छ । यसमध्ये ७८लाख २८ हजार ९ सय १० जना निको भएर घर फर्किसकेका छन् ।
नेपालमा १७ हजार ६१ जना संक्रमीत मध्धे ३८ जनाले ज्यान गुमाएका छ्न भने १० हजार ३ सय २८ जना घर फर्किएका र बाकीको उपचार भइरहेको जनाइएको छ।






