Home / World News / विहारमा संक्रमितको संख्या झण्डै २० हजार पुग्यो, फेरि १६ दिन लकडाउन गर्ने घोषणा

विहारमा संक्रमितको संख्या झण्डै २० हजार पुग्यो, फेरि १६ दिन लकडाउन गर्ने घोषणा

काठमाडौं । विहारमा कोरोनाभाइरस संक्रमितको संख्या झण्डै २० हजार पुगेपछि राज्य सरकारले फेरि १६ दिन लकडाउन गर्ने घोषणा गरेको छ।

मंगलबार बसेको संकट व्यवस्थापनको बैठकले कोरोनाभाइरसको जोखिमलाई नियन्त्रणमा लिन र न्यूनीकरण गर्न जुलाई १६ देखि ३१ तारिखसम्म लकडाउन गर्ने निर्णय गरेको हो।

प्रदेश सरकारले लकडाउनको निर्देशिका समेत तयार गरिरहेको उप-मुख्यमन्त्री सुशील कुमार मोदीले बताए।

अतिआवश्यक सेवाबाहेक अन्य सबै सेवा बन्द रहने समाचार संस्था प्रेस ट्रष्ट अफ इण्डियाले जनाएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *