Home / Nepal / अवैध सुनको कारोबार गर्ने सुन ब्यापारी पक्राउ

अवैध सुनको कारोबार गर्ने सुन ब्यापारी पक्राउ

काठमाडौं । भैरहवाका एक सुन व्यापारी अवैध सुन आयात गरी कारोबार गरेको आरोपमा पक्राउ परेका छन् ।

आन्तरिक राजस्व विभागले भैरहवा गल्लामण्डीमा रहेको सोनी ज्वेलर्सका प्रोप्राइटर सुनील सुनार र उनका सहयोगी अमित परियार अवैध सुन चोरी तथा आयात गरी राजस्व चुहावट गरेको र अवैध आर्थिक कारोबार गरेको सूचनाका आधारमा पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट ९९ लाख ५ हजार रुपैयाँ नगद तथा कागजात बराबद गरिएको छ । विभागका अनुसार उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।

विभागमा सुनारले अवैध सुन कारोबार गरेको सूचना प्राप्त भएको थियो ।

विभागको टोलीले मंगलबार उनको कारबाट अवैध आर्थिक कारोबार र राजस्व चुहावट गरेको ७३ लाख ५५ हजार र उनको पक्लिहवास्थित घर र सोनी ज्वेलर्सबाट थप २५ लाख ५० हजार रुपैयाँ बरामद गरेको हो ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *