Home / Nepal / अस्ट्रेलियामा ठगी गरेको आरोपमा पक्राउ परेका नेपाली जोडी जेल चलान

अस्ट्रेलियामा ठगी गरेको आरोपमा पक्राउ परेका नेपाली जोडी जेल चलान

काठमाडौं । सोमबार अस्ट्रेलियाको सिड्नीकी एक वृद्ध महिलासँग हजारौं डलर ठगी गरेको आरोपमा पक्राउ परेका नेपाली जोडीलाई आज जेल चलान गरिएको छ । 

प्रहरीले २२ वर्षकी नेहा गिरी र १९ वर्षका आयुष भट्टराईलाई स्थानीय समयअनुसार सोमबार अपरान्ह साढे ४ बजे टेलोपियामा एक घरबाहिरबाट पक्राउ गरेको थियो ।

उनीहरुलाई मंगलबार पारामाट्टाको स्थानीय अदालतमा मजिस्ट्रेट रोबिन डेनेरको अगाडि उपस्थित गराइएको थियो ।

अदालतमा यी दुवैले जमानतको लागि अर्को प्रयासस्वरुप कुनै आवेदन नगरेको बताइएको छ । उनीहरुको जमानत अदालतले पहिले नै खारेज गरिसकेको थियो ।

उनीहरुलाई अदालतले जेल पठाएको छ र अब उनीहरुलाई अगष्ट २० मा फेरि अदालतमा उपस्थित गराइनेछ ।

यो पनि पढ्नुहोस ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *