काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्। माओवादी केन्द्रको जारी केन्द्रीय कमिटी बैठकबाटै दाहाल निस्केर एमालेका दुई नेतालाई भेट्न पुगेका थिए ।
तीन नेताबीच सत्ता समीकरणबारे छलफल भएको स्रोतले जानकारी दियो। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विघटन हुने सर्वोच्चको फैसलापछि दुई पक्षबीच पहिलो अनौपचारिक छलफल भएको स्रोत बताउँछ।
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आइतबार पेरिसडाँडामा बसेको थियो।






