Home / Politics / फेला परेनन् विजय गच्छदार, घरमै टाँस्यो विशेष अदालतले म्याद

फेला परेनन् विजय गच्छदार, घरमै टाँस्यो विशेष अदालतले म्याद

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार सम्पर्कमा नआएपछि विशेष अदालतले मोरङस्थित उनको निवासमा म्याद तामेल गरेको छ।

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदारलाई अदालतमा उपस्थित हुन भने पनि उनी सम्पर्कमा नआएको विशेष अदालतले जनाएको छ। विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले गच्छदार फेला नपरेपछि उनको मोरङस्थित घरमै म्याद तामेद गरिएको जानकारी दिए।

गएको फागुन २३ गते विशेष अदालतले ललिता निवास जग्गा अनियमितताको मुद्दामा सुनुवाइ गर्दै १५ दिनभित्र अदालतमा उपस्थित हुन आदेश गरेको थियो। तर, गच्छदार अदालतको सम्पर्कमा नआएको प्रवक्ता पाण्डेयले जानकारी दिए। सो प्रकरणमा उपप्रधानमन्त्री रहेका बेला गच्छदार मुछिएका हुन्। उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ माग दाबी गरेको छ।

भ्रष्टाचारकान्डमा मुछिएका गच्छदारको सांसद पद निलम्बनमा छ भने उनी केही समययता पार्टी कार्यक्रममा पनि देखिएका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *